Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने चिकित्सक सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत डा.अर्चना अमात्य, डा.गीता शाक्य, डा.मीता सिंह, डा.कोकिला वैद्य र डा.प्रमिला प्रधान सो सम्मान प्रदान गरिएको हो ।

यसैगरी राष्ट्रपति पौडेलले डा दिव्यश्वरी श्रेष्ठ, डा.लता बज्राचार्य, डा.शोभा अर्याल, डा.कस्तुरी मल्ल र डा.गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका हुन् ।

सम्मानित चिकित्सकलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077