Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूचीसहित]

    उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । न्याय परिषद्को बैठकले उच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ।

    प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सिफारिस गरेको हो।



    न्याय ,कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ।



    सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ ।

    उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार