Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

    कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन् ।



    स्वास्थ्यमन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उनले बताए ।



    उनले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताए ।

    स्वास्थ्यमन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरू पनि पूर्वसर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार