Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • डाक्टर कुटपिट प्रकरण : हेटौंडाका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

    डाक्टर कुटपिट प्रकरण : हेटौंडाका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

    आकस्मिक बाहेकका सेवा ठप्प

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 2K
    SHARES

    मकवानपुर । मकवानपुरको हेटौडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । बिरामीका आफन्तबाटै असुरक्षित रहेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

    बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित छन् । हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।



    बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते भएका छन् ।



    डेंगुका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । यस्तै पीडित चिकित्सकहरूलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेकाले स्वास्थकर्मीहरुले आज सामूहिक उजुरी दिने तयारीसमेत गरेको बताइएको छ ।

    चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले मृतकका श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिज अनुप प्रधानलाई पक्राउ गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार