Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

    पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान बनाएको हो ।

    पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।



    वर्षाले प्रभावित हुँदा ४२ ओभर खेलाइएको यस खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो ।​​



    यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४२ ओभरमा ७ विकेट गुमाउदै २५२ रन बनाएको थियो । श्रीलंकाले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार