Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवमा पराजुली मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हरि पराजुलीलाई सचिव मनोनित गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन ९अपानि०मा स्थायी कमिटी सदस्य रहेका पराजुलीलाई सचिव मनोनित गरिएको हो ।

यस्तै २१ जना केन्द्रीय सदस्य मनोनित भएका छन् भने केन्द्रीय अनुशासन, लोखा परक्षिण र निर्वाचन आयोगको अध्यक्ष र सदस्यहरु तोकिएका छन् ।

अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा छन् भने उपाध्यक्षमा लेखनाथ गुरागाईँ र सचिवमा बालचन्द्र मिश्र छन् ।

लेखा परीक्षण आयोकोे अध्यक्षमा भरतकुमार श्रेष्ठ, उपाध्यक्षमा विद्या ढकाल र सचिवमा सुशील ढुंगाना छन् ।

निर्वाचन आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा चन्द्रकान्त ज्ञवाली र सचिवमा रोशन सुवेदी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077