Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

    चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन् ।

    नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताए । सङ्घका अध्यक्ष डा.अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।



    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताए। ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।

    यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा। प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो ।

    उक्त घटेको घटनाको विषयलाई लिएर आज प्रधानमन्त्रीसँग सङ्घको टोलीले भेट गरेको थियो ।बिरामीहरूलाई उपचार गराइरहेको अवस्थामा थापा र विडारीमाथि आक्रमण भएको नेपाल चिकित्सक संघको भनाइ छ।

    चिकित्सक संघले घटनाका दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार