काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले संविधानसभाका अध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको शोक प्रस्ताव पारित गरेको हो ।
नेम्वाङको फोटो राखेर बसेको संसदीय दलको बैठकमा शोक प्रस्ताव पारित गर्ने एकमात्र एजेन्डा रहेको थियो ।
पूर्वसभामुख समेत रहेका नेम्वाङको मंगलबार निधन भएको थियो । नेम्वाङको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Leave a Reply