हेटौंडा । हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्पतालमा बिरामी हेरिरहेकै अवस्थामा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका प्रशान्त विडारी र सञ्चो अस्पतालमा कार्यरत विकास थापामाथि केही युवाहरुले हातपात गरेका थिए ।
चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
एक महिनाअघि डेंगी सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् ।
डेंगी सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
Leave a Reply