काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई छोराहरुले दागबत्ती दिएका छन् ।
पशुपति आर्यघाटमा अन्तिम संस्कारका क्रममा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्।
नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । गएको मंगलबार बिहान हृदयाघातबाट उनको निधन भएको थियो ।
त्यसअघि, नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएका थिए ।
Leave a Reply