Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चिकित्सकमाथि कुटपिट प्रकरण : सीडीओ र एसपीकै अगाडि आन्दोलन घोषणा

    चिकित्सकमाथि कुटपिट प्रकरण : सीडीओ र एसपीकै अगाडि आन्दोलन घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 741
    SHARES

    हेटौंडा । डाक्टरहरुले सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन् ।

    हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै अगाडि सुरक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।



    सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईं र मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको उपस्थितिमा चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीले घटनामा संलग्नलाई हदैसम्मको कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिए।



    चिकित्सकमाथि भएको कुटपिटमा संलग्न दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले बुधवार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

    सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती तथा छोरीलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

    अस्पतालमा बिरामी हेरिरहेकै अवस्थामा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. बिडारी र सञ्चो अस्पतालमा कार्यरत डा .थापामाथि केही युवाहरुले हातपात गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार