Online Nepal
  • बुधबार, १० पुष २०८१
  • स्वास्थ्यमन्त्री बस्नेतद्वारा उपत्यकाका अस्पतालको अनुगमन

    स्वास्थ्यमन्त्री बस्नेतद्वारा उपत्यकाका अस्पतालको अनुगमन

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यकाका विभिन्न सात वटा अस्पतालमा अनुगमन गरेका छन् ।

    सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्री बस्नेतसहितको टोलीले अनुगमन गरेको हो ।



    अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।



    उपत्यकामा रहेका वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको पाइएको थियो ।

    अनुगमन टोलीको अध्ययन प्रतिवेदन सुनिसकेपछि मन्त्री बस्नेतले सात वटै केन्द्रीय अस्पतालहरूलाई कमी कमजोरी सुधार गर्न निर्देशन सहितको पत्र तयार पारेर सबै अस्पताललाई पठाउन र तोकिएको समय सीमाभित्र पनि सुधार नगरे कडा कारबाही गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार