Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राजकीय सम्मानकासाथ सुरु भयो सुवास नेम्वाङको शव यात्रा

    राजकीय सम्मानकासाथ सुरु भयो सुवास नेम्वाङको शव यात्रा

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 966
    SHARES

    काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु गरिएको छ ।

    नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।



    नेम्वाङलाई बालुवाटारमै नेपाली सेनाले सलामी दिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।



    शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् ।

    बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ । नेम्वाङको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार