काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि बालुवाटारस्थित निवासबाट निकालिएको छ ।
लिम्बू संस्कृतिअनुसार विधि गरी नेम्वाङको शव आज बिहान निवासबाट निकालिएको हो । नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।
नेम्वाङको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला पुग्न एमालेले बुधवार साँझ एक विज्ञप्ति निकाल्दै अनुरोध गरेको छ ।
शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।
नेम्वाङको निधनको शोकमा सरकारले बिहीवार सार्वजनिक बिदासमेत दिएको छ । प्रतिनिधिसभाका पूर्वसभामुख तथा पूर्वकानूनमन्त्रीसमेत रहेको नेम्वाङको सोमवार मध्यराति निधन भएको थियो ।
Leave a Reply