डडेल्धुरा । अटोरिक्सा दुर्घटना हुँदा डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ ।
भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।
अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका छन् ।
अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
Leave a Reply