Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झलनाथ खनालको आशंका - संघीयता खारेज हुनसक्छ, सरकारले राम्रो काम गर्न सकेन

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले संघीयता खारेज हुनसक्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले यसे बताएका हुन् ।

उनले देशमा संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने आशंका व्यक्त गरे ।

संघीयताको भविष्यलाई लिएर अहिले निर्णयमा पुग्ने स्थिति नरहेको उनको भनाई छ । उनले आमजनता र मुलुकका लागि फलदायी बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

यस्तै उनले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको आरोप लाएका छन् । सरकारले गर्ने राम्रो वा नराम्रो कामले भविष्य निर्धारण गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077