Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निजी निवास लगियो

    नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निजी निवास लगियो

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको छ ।

    आज नेम्वाङका छोराहरु नेपाल आइपुगेपछि नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको हो ।



    नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबास गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए ।



    निवासमा एक दिन राखेर मुन्धुम परम्पराअनुसारको संस्कार गरेपछि बिहीबार अन्त्येष्टी गरिनेछ ।

    नेम्वाङको सोमबार राति हृदयाघातबाट ७१ वर्षको उमेर निधन भएको थियो ।

    उनको निधनप्रति शोकमा सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार