Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एसिया कप : श्रीलङ्कालाई हराउँदै भारत एसिया कपको फाइनलमा

    एसिया कप : श्रीलङ्कालाई हराउँदै भारत एसिया कपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले पराजित गरेको हो ।

    भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो ।



    श्रीलङ्काका लागि दुनिथ वेलालेगेले नटआउट ४२ रन बनाए । यस्तै धनन्जय डी सिल्भा ४१ रन बनाएर आउट भए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ तथा हार्दिक पान्ड्या र रवीन्द्र जडेजाले २र२ विकेट लिए ।



    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । यस्तै केएल राहुलले ३९, ईशान किशनले ३३ र अक्षर पटेलले २६ रन बनाए ।

    बलिङतर्फ श्रीलङ्काका २० वर्षीय बलर दुनिथ वेलालेगेले ५ विकेट लिए । वेलालेगेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ५ विकेट लिएका हुन् । यस्तै चरिथ असलन्काले ४ र महीश थीकशानाले १ विकेट लिए ।

    भारतले अब सुपर फोरको अन्तिम खेलमा शुक्रवार बङ्गलादेशसँग खेल्नेछ । फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो बिहीवार हुने पाकिस्तान र श्रीलङ्काबीचको खेलबाट लाग्नेछ । यो खेलमा जित्ने टोली फाइनलमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार