Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियाबाट प्रधानाध्यापकलाई घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई १४ हजार ५०० रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077