Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अल्बानिया पठाईदिन्छु भन्दै पौने ३ लाख बढी ठगी गर्ने महिला पक्राउ

    अल्बानिया पठाईदिन्छु भन्दै पौने ३ लाख बढी ठगी गर्ने महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अल्बानिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका घर भई हाल काठमाडौंको सिनामंगल बस्ने २५ वर्षीय सुधा चौधरी रहेकी छिन् ।



    वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    पक्राउ परेको चौधरीले उत्तम राजवंशीलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि अल्बानिया पठाई दिने भन्दै २ लाख ७२ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । उनलाई काठमाडौंको सिनामंगलबाट भदौ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार