Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राजदूतलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नू

    राजदूतलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

    श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिए ।



    प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आन्तरिक रोजगारीमा देखा परेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुर्‍याएको बताए।



    उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गरिरहेको भन्दै यसको सम्बोधनमा सरकारको गम्भीर ध्यानकर्षण भएको बताए।

    उनले कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कुटनीतिक नियोगहरूले गुनासो सुनुवाई गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न निर्देशन पनि दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार