Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय लगियो

    श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय लगियो

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 894
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासल लगिएको छ ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको हो ।



    नेम्वाङको पार्थिव शरीरलाई मंगलबार च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ।



    एमाले संसदीय दल उपनेतासमेत रहेका प्रतिनिधि सभा सांसद नेम्वाङको गए राति निधन भएको थियो। हृदयघातका कारण उनको निधन भएको हो।

    सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय हो।

    छोराहरू विदेशमा रहेकाले नेम्वाङको अन्त्येष्टिको टुंगो नलागेकाले जुन दिन अन्त्येष्टि हुन्छ सोही दिन सार्वजनिक बिदा दिनेगरी सरकारले निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार