काठमाडौं । नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
विश्वकर्माको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो ।
उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको छ ।
विश्वकर्माको जावलखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।