विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरू चाहिँ रक्षात्मक हुनुपरेको भन्दै अब त्यस्तो नहुने बताएका छन् ।
विराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले लाखौं जनतालाई सडकमा ल्याउने दोहोर्याएका छन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नाम त किन लिनु र निरंकुशताका दलालहरूको। अस्ति एउटाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्यो। लोकतन्त्रवादी नेतालाई उसले खुकुरी हान्ने ? गठबन्धनको सरकारमै भएको सहमहामन्त्रीलाई। भनेपछि उनीहरूको मनोबल कस्तो रहेछ?’
प्रधानमन्त्री प्रचण्डले जिन्दगीभर जेल, नेल, भूमिगत, त्याग, तपस्या र बलिदान गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक अवस्थामा पुगेको देखिएको बताए।
Leave a Reply