Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – म हतियारविहीन युद्धमा छु,अब तपाईँहरूले साथ दिनु पर्‍यो

    प्रधानमन्त्री प्रचण्डले भने – म हतियारविहीन युद्धमा छु,अब तपाईँहरूले साथ दिनु पर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.2K
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले देशमा केही नयाँ गर्न खोजेको बताएका छन्।

    चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले यो समाजवादको भ्रूण भएको दाबी गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘म त हेर्नै सक्दिन । चित्रहरू हेर्नै नसकिने खालका छन् । त्यस्तैहरू आएका छन् । निरङ्कुशताका दलालहरू हुन् ती । लोकतान्त्रिक दलका नेतालाई खुकुरी हान्ने ? अब मोर्चाले इँटको जवाफ पत्थरले दिने हो।लाखौं जनतालाई सडकमा ल्याएर हामी जिउँदै छौँ भन्ने बनाउनुपर्‍यो । म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईँहरूले साथ दिनु पर्‍यो ।’

    समाजवादी मोर्चाको कार्यक्रमले आफूलाई उत्साह थपेको बताउँदै प्रचण्डले सयौँ वर्षदेखि थुप्रिएको फोहोर फाल्न एकै पटकमा जादु जस्तो भने नहुने बताए ।

    यद्यपि हेल्लो सरकारमार्फत जनताको गुनासो सम्बोधनको प्रयास गरिएको समेत उनले बताए । प्रचण्डले ठुला र दीर्घकालीन महत्त्व राख्ने आयोजना निर्माणमा पनि सरकार लागेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार