Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई उपेन्द्र यादवको सुझाव - प्रधानमन्त्री भएको बेला खुद्रे काममा अल्झिनु हुँदैन

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको संकट समाधान, स्थिरता र असमानता अन्त्य गर्न मोर्चा निर्माण भएको दाबी गरेका छन्।

आज विराटनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

मुलुक सानासाना कुरामा अल्झेको बताउँदै उनले कार्यक्रममा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने, ‘तपाईंजस्तो क्रान्तिको कमान्डर प्रधानमन्त्री भएको बेला खुद्रे काममा अल्झिनु हुँदैन।’

अध्यक्ष यादवले मोर्चा कसैको विरूद्ध नभई मुलुकको निकासका लागि बनाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077