Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • भोलि सार्वजनिक हुँदै ‘आइफोन १५’, कति पर्छ मूल्य ?

    भोलि सार्वजनिक हुँदै ‘आइफोन १५’, कति पर्छ मूल्य ?

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 8K
    SHARES

    काठमाडौं । एप्पलको नयाँ ‘आइफोन १५’ भोलि सार्वजनिक हुँदै छ । सेप्टेम्बर १२ मा हुने एप्पलको कार्यक्रममा फोनलाई सार्वजनिक गरिनेछ ।

    मंगलबार हुने एप्पलको कार्यक्रम वन्डर लस्टमा फोनलाई सार्वजनिक गरिनेछ । उक्त कार्यक्रम अमेरिकाको क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थिएटरमा हुँदैछ ।



    आईफोन १५ र आईफोन १५ प्रो सार्वजनिक हुनेछन् । कम सुविधा र क्षमतामा आईफोन १५ र आईफोन १५ प्लस हुनेछन् भने केही विशेष क्षमता र सुविधासहितमा भने आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स हुनेछन् ।

    आईफोन १५ प्रोको डिस्प्ले ६।१ इञ्चको हुनेछ भने आईफोन १५ प्रो म्याक्सको डिस्प्ले ६.७ इञ्चको हुनेछ । आईफोन १५ को रेञ्जका फोनहरुमा अपग्रेड गरिएको माइक्रोचिप ए १७ बोयोनिक हुनेछ ।

    यसअघिको फोनहरु स्टेनलेस स्टिलको फ्रेममा तयार गरिएकोमा एप्पले यसपटक भने टाइटेनियम फ्रेम प्रयोग गरेको ब्लुमबर्गले जनाएको छ । यसले फोनलाई केही हलुका बनाएता पनि फोनको मूल्य भने केही बृद्धि हुने देखिएको छ ।

    आइफोन १५ को सुरुवाटी मूल्य ७ सय ९९ अमेरिकी डलर हुनेछ । १५ प्लसको ९९९, प्रोको १०९९ र अर्ट्राको १२९९ अमेरिकी डलर पर्नसक्ने पूर्वानुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार