Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अमेरिका जाने टोलीको संख्या घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अमेरिका जाने टोलीको संख्या घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन्।

    प्रधानमन्त्री कार्यालयबाट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाउन निर्देशन दिएका हुन् ।



    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।



    लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएको स्रोतले बतायो । प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्।

    यसअघि प्रधानमन्त्री कार्यालयको कोटाबाट २४ जनालाई अमेरिका पठाउने निर्णय भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार