Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • तत्काल विद्युत् आपूर्ति नरोक्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

    तत्काल विद्युत् आपूर्ति नरोक्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगहरूको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोनगरी विवाद समाधान नभएसम्म विद्युत आपूर्ति बन्द नगर्न निर्देशन दिए ।



    डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेकोले यसबारे निर्क्यौल नभएसम्म विद्युत आपूर्ति बन्द नगर्न उनले निर्देशन दिए।

    यस विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने उनले बताए । प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो ।

    सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गर्ने चेतावनी दिइएको थियो । महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार