एजेन्सी । सुडानमा सेनाले गरेको ड्रोन आक्रमणमा मारिनेको संख्या ४० पुगेको छ ।
राजधानी खार्तुमको दक्षिणी इलाकामा रहेको मेयो क्षेत्रको खुला बजारमा आइतबार भएको आक्रमणमा ७० जना घाइते भएका छन् ।
घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सुडानामा गत अप्रील १५ देखि सरकारी सेना र विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सबीच सुरु भएको द्धन्द्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डार्फरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ ।
Leave a Reply