Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या

    मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको हो ।

    ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका अनुमान छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बताइएको छ ।



    भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।



    भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ ।

    यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार