Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने गिरोह चाइनिज पेस्तोलसहित पक्राउ

    ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने गिरोह चाइनिज पेस्तोलसहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 2.7K
    SHARES

    मोरङ । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा सादा पोशाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुट्ने हतियारधारी गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहवी–१ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा, १४ वर्षीय बालक, मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम, बूढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया र सुनसरी दुहवी–६ मा बस्ने भारतीय नागरिक ४० वर्षीय मोहमद आलम रहेका छन् ।



    पक्राउ परेका ७ जनामध्ये एकजना बालक पनि छन् । गिरोहलाई मोरङको बूढीगंगालगायतका स्थानबाट पक्राउ गरेर आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।



    पक्राउ परेकाहरुबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान रड ३ थान, धारिलो चक्कु २ थान, पेचक १ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद चाइनिज पेस्तोल इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट अपरेशनको लागि खटिएको प्रहरी टोलीलाई आक्रमण लुटिएको प्रहरीले जनाएको छ ।

    उनीहरुबाट भारतीय नम्बर प्लेटको बीआर ३८४– ७६८० नम्बरको सुपर स्पेलन्डर र को २२ प ५९०१ नम्बरको आर १५ मोटरसाइकल, एक लाख पचहतर हजार दुई सय नेपाली रुपैयाँ र एघार हजार ६ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै सुनको जस्तो देखिने झुम्का १ जोेर, तिलहरि १ थान, चाँदीको जस्तो देखिने सिक्री १ थान, पाउजु १ जोर र स्मार्ट फोन ११ थान बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुबाट ५ थान बटन फोन र १२ थान मेमोरी कार्ड समेत बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार