हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकारले दबाब महसुस गरिरहेको बताएका छन्।
हेटौंडामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारविरुद्ध एक प्रकारको दबाब महसुस भइरहेको छ।’
प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचार, बेथिती र कुशासनविरुद्धको अभियानमा भएकाले सरकार र आफूविरुद्ध दबाब बढाउन एक समूह नै लागिपरेको बताएका बताए।
उनले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको बताउँदै आज बागमती प्रदेश स्तरीय कमिटीसमेत घोषणा हुने बताए।
Leave a Reply