Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

बजार परिसूचक नेप्से १०.२३ अंकले बढ्दा १९४२.६८ को बिन्दुमा बन्द भएको हो।

आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ ।

आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले सर्वाधिक ७.८१ प्रतिशतले गुमाए । मन्जुश्री फाइनान्स डिभेञ्चर, सिंगटी हाइड्रोसहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077