Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरे सडकमा लाखौं जनता उतार्छौं : प्रधानमन्त्री प्रचण्ड

    गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरे सडकमा लाखौं जनता उतार्छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.2K
    SHARES

    हेटौंडा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने बताएका छन् ।

    समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो । अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’

    कार्यक्रममा समाजको एक तप्कालाई सरकारले चालेको सुशासनको अभियान मन नपरेको प्रधानमन्त्री प्रचण्डले जिकिर गरे ।

    कुशासनबाट फाइँदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको उनले बताए । तिनीहरूबाट नै अहिले एक खालको दबाब महशुस भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार