Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्रीले नै सामाजिक सहिष्णुता भड्काउने प्रयास गरे, अब सरकारको विकल्प खोज्नुपर्छ : शेखर कोइराला

    प्रधानमन्त्रीले नै सामाजिक सहिष्णुता भड्काउने प्रयास गरे, अब सरकारको विकल्प खोज्नुपर्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.4K
    SHARES

    मकवानपुर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने समय आएको बताएका छन् ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वतीमा बिपी वाटिकाको उद्घाटन कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तोे बताएका हुन् ।



    नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउने प्रकारका अभिव्यक्ति व्यक्त गरेको बताए ।



    नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीले नै नेपालमा जातीय राज्य कायम गर्ने, युवाहरूलाई सडकमा उतार्ने लगायतका अभिव्यक्ति दिँदै आएका छन् । यसले जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन मद्दत गर्छ । सामाजिक द्वन्द्व भड्काउने प्रकृतिको अभिव्यक्ति दिन सरकारको नेतृत्व गरिरहेका व्यक्तिले दिन मिल्दैन । प्रधानमन्त्रीले यस्ता समस्याहरू समाधान गर्नुपर्छ । हामी सरकारलाई सही बाटोमा हिँड्न सुझाउँछौ । अब सरकार सच्चिएर अघि बढ्दैन भने फरक ढङ्गबाट कांग्रेसले सोच्नुपर्छ । सरकारको नेतृत्वको विषयमा कांग्रेसले छलफल र पहल अघि बढाउँछ ।’

    सरकारको नेतृत्व गरिरहेका व्यक्तिले नै सामाजिक द्वन्द्व भड्काउने गरी सडक आन्दोलनमा युवाहरू उतार्ने लगायतका अभिव्यक्ति दिएको प्रति उनले आपत्ति प्रकट गरे । सो विषयमा कांग्रेसले सरकारलाई आफ्नो ट्र्याकमा ल्याउन पहल गर्ने उनले बताए ।

    सरकार आफ्नो ट्र्याकबाट बाहिर गइरहे वा अहिले कै रवैया कायम राखेको खण्डमा काँग्रेसले सरकारको नेतृत्वको परिवर्तन बारे छलफल तथा पहल अघि बढाउने उनको भनाई छ ।

    कांग्रेसको काधमा लोकतन्त्र र राष्ट्रियतालाई बचाउने जिम्मेवारी आएको उनले बताए । कांग्रेसको नेतृत्वमा देश समृद्ध बन्ने र लोकतन्त्र र राष्ट्रियता बलियो हुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार