Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको ब्रासलेट र औंठीसहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्‍वकर्मा, काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्‍चरे नगरपालिका-१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका छन् ।

विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छलि गर्न लगाई शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077