Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नेपालको असंलग्न परराष्ट्र नीतिमा दृढ छु,चीन भ्रमण फलदायी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    नेपालको असंलग्न परराष्ट्र नीतिमा दृढ छु,चीन भ्रमण फलदायी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 708
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन्। आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको चीन भ्रमणबारे छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर उतैबाट चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले सम्भावित एजेण्डबारे सुझाव लिन आइतबार बिहान बैठक बोलाएका थिए।



    प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणलाई बढिभन्दा बढी फलदायी बनाउने प्रयास गरिरहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’तपाईंहरूले दिनुभएको सुझावलाई मनन् गर्दै एजेण्डाहरू तय गरेर भ्रमण प्रभावकारी बनाउने कोसिस गर्नेछु।’

    उनले सरकारले छिमेकीलगायत विश्वका सबै मुलुकहरूसँग सन्तु्लित सम्बन्ध राख्ने र आफू नेपालको असंलग्न परपराष्ट्र नीतिमा दृढ रहेको बताए ।

    प्रधानमन्त्रीले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली,शेरबहादुर देउवा,माधवकुमार नेपाल,लोसपाका अध्यक्ष महन्थ ठाकुर,जनमत पार्टीका अध्यक्ष सीके राउत,जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेमकिपाका सचिव प्रेम सुवाल,पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे,प्रकाशचन्द्र लोहनी,प्रदीपकुमार ज्ञवाली,बिमला पौडेललगायत सहभागी थिए।

    प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन्। उतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार