Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन सबै दल एकमत

    प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन सबै दल एकमत

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 573
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल बनाउन संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरु एकमत भएका छन्।

    आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको भ्रमण सफल बनाउनेबारे सहमति भएको हो ।



    असोज पहिलो साता हुने आफ्नो चीन भ्रमण र भ्रमणका अजेन्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार सर्वदलीय बैठक बोलाएका थिए।



    बैठकमा पूर्व प्रधानमन्त्रीसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दल नेता र प्रतिनिधिहरु सहभागी थिए। छलफलपछि परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउनेबारे दलहरुमा साझा सहमति भएको बताए।

    बैठकबाट प्रधानमन्त्रीको भ्रमणबारे महत्त्वपूर्ण सुझावहरु प्राप्त भएको र सुझावहरुलाई सरकारले महत्त्वका साथ लिएको मन्त्री साउदको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार