Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्रीलाई एमाले उपमहासचि ज्ञवालीको सुझाव – यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिनू

    प्रधानमन्त्रीलाई एमाले उपमहासचि ज्ञवालीको सुझाव – यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिनू

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 609
    SHARES

    काठमाडौं । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्रमन्त्री, पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन् ।

    आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणबारे छलफल गरेका हुन् । छलफलमा नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।



    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताएका हुन् ।



    उपमहासचिव ज्ञवालीले भने,’नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गर्छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु ।’

    नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार