रामेछाप । नेपाली कांग्रेस नेता डा.शशाङ्क कोइरालाले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका हुन् ।
उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए । राजदूत सोङ्ले गएको शनिबार ‘नेपाल–चाइना हिमालय फ्रेन्डसिप नेपाल’ नामक गैरसरकारी संस्थाको कार्यक्रममा भारतको छिमेकी नीति मैत्रीपूर्ण नभएको तर्क दिँदै उसको नीति नेपालका लागि हितकार नभएको टिप्पणी गरेका थिए ।
कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनैतिक मर्यादा विपरीत हुने बताए ।
उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएको बताउँदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए ।
Leave a Reply