Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • स्रोत नखुलेको २० लाखसहित नवलपरासीबाट दुई जना पक्राउ

    स्रोत नखुलेको २० लाखसहित नवलपरासीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 801
    SHARES

    संकेतिक तस्विर

    नवलपरासी । स्रोत नखुलेको २० लाख रुपैयाँ नेपालीसहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका रामपत गुप्ता र सोही ठाउँका गफ्फार राइन कुजडा रहेका छन्।



    उनीहरुलाई नवलपरासीको सरावल गाउँपालिका– ७ भूजहवाबाट २० लाख रुपैयाँ नेपालीसहित भूजहवा प्रहरी चौकीले नियन्त्रणमा लिएको हो।



    नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको नवलपरासी प्रहरीले जनाएको छ ।

    कम्मरले पेटीमा बाँधेर लुकाएर ल्याएको अवस्थामा दुई जनाबाट बरामद भएको रकममा १ हजार १९० थान हजार र १ हजार ६२० थान पाँच सयका नोट रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार