Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • सुन प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो

    सुन प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई पक्राउ गरेसँगै सो काण्डमा पक्राउ पर्नेहरूको संख्या ३० पुगे पनि लगानीकर्ता फेला पार्न सकेको छैन ।



    सोही प्रकरणमा शनिबार विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी र नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन् । सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कै शीर्ष नेताहरूको नाम जोडिएको यो घटनामा ओसारपसार र व्यवस्थापनको काम गर्दै आएकाहरूलाई पक्राउ गरे पनि यसका मालिकको पत्ता लाग्न किन सकेन भन्ने प्रश्न उठेको छ ।



    गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङ ‘व्यवस्थापक’को भूमिकामा रहेको सीआईबीले निष्कर्ष निकालेको छ ।

    सीआईबीका अनुसार हङकङबाट चिनियाँ तस्करले ल्याउने सुन काठमाडौं उपत्यकामा व्यवस्थापन गर्ने काममा दावाको संलग्नता रहेको छ । माओवादी केन्द्रका नेताहरू र तीनका छोराहरूको नाम जोडिएको उक्त प्रकरणमा कसको लगानी थियो भन्ने अझै पुष्टि भइनसकेको सीआईबीका अधिकारीहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार