Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरक्को भूकम्प : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

एजेन्सी । मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्‍या २ हजार नाघेको छ।

शुक्रबार राति स्थानीय समयअनुसार ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको हो । भूकम्पमा परेका १ हजार ४०४ जनाको अवस्था गम्भीर छ।

पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । यहाँ ८ लाख ४० हजार मानिसहरूको बसोबास रहेको सिएनएनले जनाएको छ।

धेरैजस्तो मानवीय क्षति माराकेश शहरमा भएपनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महशुस भएको थियो।

भूकम्पबाट क्षतिग्रस्त ठाउँमा उद्धार टोली खटिएको छ। यद्यपि भूकम्पले थुप्रै भवन, सडकहरू भत्किएको र अवरूद्ध भएकाले पनि उद्धार गर्न समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077