Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मोरक्कोमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

    मोरक्कोमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 705
    SHARES

    एजेन्सी । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

    अमेरिकी राज्य भूगर्भ सर्वेक्षणका अनुसार यो क्षेत्रमा १२० वर्षमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।



    यसबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको छ । मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ।



    सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित धेरै भिडियोहरु भाइरल भइरहेका छन्, जसमा मानिसहरु दौडिरहेको देखिन्छ । भूकम्पको केन्द्रविन्दु एटलस पर्वत नजिकैको इघिल नामक गाउँ रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार