नेपालगन्ज । बाँकेमा गएराति सामुदायिक वनका उपभोक्ता सवार बस दुर्घटना मृत्यु भएका सबैको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
घाइते चारजनाको नर्सिहोम नेपालगञ्ज र बाँकी सबै घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनाका घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा गएराति करिब साढे ९ बजे रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको भ्रमणको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बसमा ४१ जना सबार थिए ।