Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा चारको मृत्यु, २६ जना घाइते

बाँके । बाँकेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगञ्जमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार २६ जना घाइते भएका छन् ।

बिग्रिएर सडक किनारामा रहेको ना८ख ६४०५ नम्बरको ट्रकमा बस ठोकिएको थियो ।

घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077