काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदीप गिरि मेमोरियल ट्रस लाहनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
लहानको बस्तीपुरमा सडक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
गिरि नेपालको राजनीतिक, सामाजिक रूपान्तरणका एक मौलिक विलक्षण चिन्तकको धनी रहेको उनले स्मरण गरे ।
गिरिले पुर्याएको योगदान, दार्शनिक चिन्तन, राजनीतिक विश्लेषण पछिको पुस्तासम्म स्मरण रहने उनले बताए ।
Leave a Reply