Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड नेतृत्व सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम देखावटी हो : राजेन्द्र लिङ्देन

सुर्खेत । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम देखावटी मात्रै भएको दाबी गरेका छन् ।

राप्रपाले सुर्खेतमा आयोजना गरेको पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदम देखावटी मात्र रहेको बताए ।

अध्यक्ष लिङ्देनले भने,'सरकारले भ्रष्टाचारविरुद्ध चालेका हरेक कदमप्रति राप्रपाको समर्थन छ । तर, राजनीतिक पूर्वाग्रह राखेर कसैलाई सिध्याउन,कसैसँग रिस पोख्न आदेश दिने,मन परेको मान्छे जोगाउने र मन नपर्ने मान्छे फसाउने मनसायले गरिएका कदमप्रति भने हाम्रो असहमति छ ।'

लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताए । सुर्खेतमा हुने कार्यक्रर्ता प्रशिक्षणका लागि अध्यक्ष लिङ्देनसहितका नेताहरू आज सुर्खेत आएका हुन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा लागि लिङ्देनसहित कुन्ती शाही, ध्रुवबहादुर प्रधानलगायतका नेताहरू सुर्खेत आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077