Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देशको अर्थतन्त्रमा सुधारका संकेत देखा परेपनि ढुक्क हुने अवस्था छैन : अर्थमन्त्री महत

    देशको अर्थतन्त्रमा सुधारका संकेत देखा परेपनि ढुक्क हुने अवस्था छैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका राम्रो संकेत देखा परेपनि ढुक्क हुने अवस्था भने नरहेको बताएका छन् ।

    शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले भने,’मुलुक आर्थिक समस्याबाट गुज्रेको छ। तर ,राम्रो दिन आउँदैछ। राम्रो संकेत देखा परेका छन् । तर, हामी समस्यारहित भइसक्यो भन्ने चाँहि होइन। चुनौतीहरू छन्।’



    उनले अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई हटाएर आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू आउन लागेको विश्वास व्यक्त गरे। यसका सकारात्मक संकेतहरू देखा परिरहेको उनको भनाइ छ।

    अर्थमन्त्री महतले नेपालको विदेशी मुद्राको संचिति राम्रो रहेको बताए। पर्यटक आवागमन राम्रो भइरहेकाले यसले आर्थिक गतिविधि बढाउने उनको भनाइ छ। हाइड्रोपावर क्षेत्रले प्रगतिको लय लिएको भन्दै अर्थमन्त्री महतले भारतसँग विद्युत व्यापारले लगानीकर्ताले सुनिश्चित मार्केट प्रदान गरेको जिकिर गरे।

    उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार